सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिटचिट पसिना आयो? कतै हार्टएट्याक त हुँदै छैन? यस्ता छन लक्षण

२०७६ माघ ४, ०६:५७ खबर संवाददाता

यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन। तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ। किन पनि भने यसले मुटुलाई कस्तो असर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेकअप गर्न सक्छौँ। मुटुसम्बन्धी केही समस्या हुनसक्ने खतराका लागि यी लक्षणबारे जानकारी राखेर समयमा नै सचेत हुनुपर्छः

१. छातीमा समस्या - छातीको अवस्था सामन्य छैन वा केही समस्या महसुस भइरहेको छ भने यो मुटुसम्बन्धी केही समस्या भएको छनक हुनसक्छ। यदि हाम्रो मुटुको कुनै नसा बन्द भएको छ भने छातीमा समस्या महसुस हुन्छ। त्यसैले छाती दुख्दा जचाइहाल्नु राम्रो हुन्छ। मुटुमा समस्या भएकाले छाती दुखेको यो भने यो दुखाइ केही समयसम्म चल्छ। एक मिनेटभन्दा बढी मुटु अत्यन्त दुख्यो भने यसलाई इग्नोर गर्नु हुँदैन।

२. निद्रा लाग्नु- निद्रा लाग्नु, पाचन प्रक्रिया कमजोर हुनु वा पेट दुख्नु हृदयघात हुँदा मानिसहरुमा यस्तो समस्या पनि देखिन सक्छ। कतिपयले वान्ता पनि गर्न सक्छन्। पुरुषमा भन्दा यस्तो समस्या चाहिँ बढी महिलामा देखिन्छ। त्यसैले यस्ता समस्या देखिए समयमा ध्यान दिन जरुरी हुन्छ।

३. दुखाइ - दुखाइ छातीबाट पाखुरामा सर्यो भने छातीमा भएको चर्को दुखाइ पाखुरामा सरिरहेको छ भने अत्यन्त सजग हुनुपर्ने हुन्छ। शरीरको बायाँ भागमा दुखाइ बढ्दै जानु भनेको हाम्रो मुटुमा केही न केही समस्या हुनु हो। यस्तो अवस्थामा जतिसक्दो छिटो अस्पताल पुगेको राम्रो हुन्छ।

४. झुपुक्क निद्रा लाग्नु- झुपुक्क निद्रा लाग्छ वा टाउको दुख्छ त्यसो त टाउको दुख्ने अरु कारण पनि हुन्छन्। तर, छातीमा पनि दुखाइ भइरहँदा टाउको पनि दुख्यो र झुपुक्क निद्रा लाग्यो भने छिटो चिकित्सककहाँ पुग्नु पर्ने हुन्छ । किनकि मुटुले रगत पम्प गर्न नसकेको खण्डमा यस्तो हुन्छ।

५. घाँटी दुख्नु - हुन त घाँटीको दुखाइ वा बंगराको दुखाइ मुटु रोगको लक्षण नै हुनुपर्छ भन्ने छैन। तर, छातीको बीच भागबाट सुरु भएको दुखाइ घाँटीसम्म पुग्यो भने चाहिँ सतर्क हुनै पर्छ।

६. अचानक चिटचिट पसिना आउनु-  यत्तिकै बसिरहँदा अचानक चिटचिट पसिना आयो भने वा अत्यन्त गलेको जस्तो अनुभव भयो भने पनि तत्काल अस्पताल जानु पर्ने हुन्छ। पहिलो सिँढीहरु उक्लिँदा पनि केही नभएको तर अचानक यस्तो अवस्था देखियो भने पनि हृदयघात हुनसक्ने सम्भावना बढी हुन्छ।

७. अस्वाभाविक घुराइ - कहिलेकांही सुत्दा सिरानी नमिलेर घुर्नु त सामन्य हो। तर, यदि अस्वभाविक रुपमा कोही घुर्दै छ भने बुझ्नु पर्छ, मुटुलाई रगत पम्प गर्न समस्या परिरहेको छ। यस्तो अवस्थामा छाती दुखिरहेको छ भने झन् हार्टएट्याकको सम्भावना बढी हुन्छ।

कमेन्ट लोड गर्नुस