मह खानुअघि यी कुरामा ध्यान दिनुहोस्
मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ। यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ। तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ। किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ।
स्वास्थ्यसम्बन्धी जानकारहरूका अनुसार मह खाँदा यी कुरामा ध्यान दिनुपर्छ :-
१. मह अलि गरम वस्तु हो। यसलाई तातो खानासँगै खानुहुँदैन। तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ।
२. चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ। यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ।
३. महसँगै मुला खानुहुँदैन। यसले शरीरमा टाक्सिन बन्न थाल्छ।
४. माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ। यसले शरीरमा नराम्रो असर गर्छ।
५. घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन। यो शरीरका लागि बिष साबित हुन सक्छ।