यसो गरे दाँत सफा र मजबुत हुन्छ
दातँलाई सुरक्षित र स्वस्थ राख्नको लागि नियमित रुपमा हेरचाह गर्नु जरुरी हुन्छ। त्यसको साथ साथै दिनको दुईपटक ब्रश गर्नु पर्छ। र गुलियो खानेकुरा कम खानुपर्छ अथवा खाएपनि मुख कुल्ला गरिहाल्नु पर्छ। दाँत वा मुखको समस्या हुनु भनेको शरिरमा कुनै समस्या हुनु हो।
राम्रो चम्किलो र स्वस्थ दाँत हाम्रो अनुहारको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ। तर दाँतको सहि तरिकाले हेरचाह नगर्दा दाँतमा विभिन्न प्रकारको रोग लाग्न सक्छ। पहेँलो दाँत हुनु, साँस गन्हाउनु, गिँजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिवाइटिस आदि बिरामी हुन सक्छ।
दिनमा दुइपटक ब्रश गर्नुहोस्:-
दाँतलाई सुरक्षित राख्नको लागि नियमित रुपमा सरसफाइ गर्नुपर्छ। खाना खाइसकेपछी दिनमा दुइपटक ब्रश गर्नुपर्छ। टुथब्रश सानो खालको प्रयोग गर्नुपर्छ। ताकि दाँतको कुना कुनामा सजिलैसंग पुगोस्।
सफ्ट ड्रिंकबाट बच्नुहोस्:-
विभिन्न प्रकारको सफ्ट ड्रिंकको प्रयोगले पनि दाँतलाई हानि र्पुयाउन सक्छ। त्यसैले यस्ता प्रकारको पेयपर्दाथबाट टाढै बस्नुपर्छ। किनकि यस्ता डिंग्समा अम्लिय पर्दाथ हुन्छ ,जसले दाँतको इनामेलमा भएको खनिजलाई घुलाइदिन्छ र दाँत कमजोर हुन थाल्छ।
गुलियो खानेकुरा बाट बच्नुहोस्:-
गुलियो खानेकुरा दाँतलाई मात्र नभई स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । त्यसैले यसको सेवन कम गर्नुपर्छ। दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिर्वतन गरिदिन्छ त्यसैले गुलियो भएको खानेकुराको प्रयोग सिमित मात्रामा गर्नुपर्छ।
फलफूलको सेवन गर्नुहोस्:-
फलफूलको सेवनले हाम्रो शरिरमा ऊर्जा मिल्छ। रोग लाग्न बाट बच्न सकिन्छ। कुनै फल यस्तो पनि हुन्छ जसको सेवनले दाँतलाई क्याभिटि बाट बचाउन सकिन्छ। स्याउ, गाजर आदिको नियमित सेवनले दाँतलाई फाइदा हुन्छ।
पर्याप्त पानी पिउनुहोस्:-
पानीले हाम्रो शरिरमा भएको बिषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ। साथै हाम्रो पाचन प्रक्रिया राम्रो बनाउँछ। यसको साथै दाँतलाई सेतो र चमकदार बनाइ राख्न पनि सहयोग गर्छ। त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनु पर्छ।
दाँतले अरु काम नगर्नुहोस्:-
यदि दाँतले बोतलको बिर्को खोल्ने, सुपारि फुटाउने, जस्ता काम गर्नुहुदैन्। यस्ता काम गर्दा दाँतको क्याप निस्किने या टुट्ने हुन सक्छ।
नियमित जाँच गराउनुहोस्:-
दाँतमा कुनै समस्या नआए पनि नियमित रुपमा चेकअप गर्नपर्छ। यदि कुनै समस्या जस्तै–दाँत दुख्ने ,गीजाबाट रगत आउने आदि भएमा दाँतको चिकित्सकलाई देखाउनुपर्छ। समस्या नभए पनि ६–६ महिनामा जाँच गराउनुपर्छ।