यसरी बनाउनुस् लोभलाग्दो फिगर !
फिगर राम्रो होस् भन्ने कसको चाह हुँदैन र? यसका लागि मानिसहरू व्यायाम, योग र अन्य धेरै उपाय अपनाउँछन्। तर सबैले पर्फेक्ट शेप पाउन सक्दैनन्। हदभन्दा बढी डाइटिङ वा व्यायाम पनि शरीरका लागि हानिकारक हुन्छ। यहाँ हामी केही यस्ता टिप्स बताउँदैछौं जसले तपाईंको शरीरलाई पर्फेक्ट बनाइदिन्छ।
-बिहान उठेर सबभन्दम पहिले मनतातो पानी पिउने बानी बनाउनुस्।
-व्यायाम गरेपछि स्वस्थ ब्रेकफास्ट लिनुस् जसमा प्रोटीन, कार्बोहाइड्रेट र मिनरलहरू हुन्।
-लन्चमा सूप पिउनुस् र खाना खानुभन्दा कम्तीमा एक घन्टाअघि र पछि पानी पिउनुस्।
-सफ्ट ड्रिंकले क्यालोरी बढाउँछ। यसको सेवन नगर्नुस्।
-बीचबीचमा यसो चना वा काजुबदाम खानुस्। यसले गर्दा कम भोक लाग्छ।
-अत्यधिक पानी पिउनुस्। स्वास्थ्यका लागि पानी राम्रो पदार्थ हो।
-टीभी हेर्दै वा गफ गर्दै खाना नखानुस्।
-आहारमा फलफूल पनि समावेश गर्नुस्। यसबाट शरीरले आवश्यक न्युट्रिएन्ट पाउँछ।