सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेटिएनन् अन्नपूर्ण हिमपहिरोमा हराएका चार विदेशीसहित सातजना

२०७६ माघ १२, ०५:५७ खबर संवाददाता

अन्नपूर्ण बेस क्याम्पमा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य नेपालले औपचारिक रुपमा स्थगन गरेको छ। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने,‘‘केही दिनदेखि उद्धार टोली त्यहाँ खटिएको भए पनि एकदमै खोंच रहेको र हिउँ परिरहेकाले अहिले उद्धार गर्न नसकिने अवस्था आएको छ। त्यसैले उनीहरुलाई काम रोक्न भनेका छौं। उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने अवस्था आएकाले यो निर्णय लिइएको हो।’’उनले अब हराएका मानिस बच्ने सम्भावना नरहेको र हिउँ पग्लेपछि मात्रै शव भेटिने अवस्था रहेको जनाए।

तर, हिउँ पग्लिन अझै समय लाग्ने उनको भनाइ थियो। न्यूयोर्क टाइम्सले पनि सो सम्बन्धी समाचारलाई प्राथमिकताका साथ आज प्रकाशित गरेको छ।  सो समाचारमा नेपालले बिहीबारदेखि सो सम्बन्धी निर्णय गरेको जनाइएको छ। न्यूयोर्क टाइम्सको समाचारमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई उद्धृत गर्दै प्रयासका बावजुद सो घटनामा परेकाहरुलाई भेट्न नसकिएको जनाइएको छ। गएको शुक्रबार हिमपहिरो जाँदा कोरियन र नेपाली समेत ७ जना सो क्षेत्रमा हराएका थिए।
 

कमेन्ट लोड गर्नुस