दिउँसो सुत्नुहुन्छ ? आउनसक्छ यस्तो गम्भिर समस्या
कोही मानिसहरु दिउँसो सुत्ने गर्छन्। शास्त्र र आयुर्वेदमा पनि दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु राम्रो मानिएको छ। धेरैलाई बाध्यता नै हुन्छ की दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नुपर्ने। तर दिउँसो सुत्नु राम्रो मानिदैन।
आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचनप्रणालीमा गडबडी हुने बताइएको छ। दिउँसो सुत्ने गरेमा खाएको खाना पनि राम्रो सँग नपच्ने बताइन्छ। दिउँसो सुत्नाले कब्जियत, ग्यास, अपचको समस्या देखा पर्ने हुन्छ।
दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने समस्या हुन्छ। धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ। दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने बताइएको छ।