सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईमा गाडीको ठक्करबाट सुदूरपश्चिमका एक युवकको मृत्यु

२०७६ माघ १३, ०६:१९ खबर संवाददाता

यूएईः यूएईमा गाडीको ठक्करबाट सुदूरपश्चिमका एक युवकको मृत्यु भएको छ। ओमानबाट यूएई आउँदै गरेको लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो।

सामान बोकेर तिव्र गतिमा आएको लरीले सडक पार गर्दै गरेका कामीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी प्रमोद तामाङले जानकारी दिए। 

शनिबार साँझ भएको दुर्घटनाको नेपाली दुतावासले सोमबार पुष्टी गरेको छ। कामी यूएईको क्लिन्को नामक सरसफाई गर्ने कम्पनीमा कार्यरत थिए।  त्यसबारे लरी चालकलाई नियन्त्रणमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस