सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाना धेरैबेर चपाएर खानुका यस्ता छन् फाइदा

२०७६ माघ १७, ०१:३९ खबर संवाददाता

भोजन खान धेरैलाई सजिलो लाग्छ। तर, भोजन खान नजानेर नै धेरै रोगहरु लाग्ने गर्छ। यो हिसाबले हेर्दा भोजन गर्नु पनि सजिलो काम भने होइन। हामीले खाएको खानाबाट पूर्ण पौष्टिकता प्राप्त गर्नका लागि जेसुकै कुरा पनि धेरैबेरसम्म चपाएर खानुपर्छ। खानालाई धेरैबेरसम्म चपाएर खाँदा हामीले खानामा कैयौं प्रकारको रस प्राप्त गर्नसक्छौं। जुन हाम्रो पाचन प्रणालीको लागि सहायक हुने गर्छ।

केही विज्ञहरुले ३२ वटा दाँतसँगको सम्बन्धलाई जोडेर ३२ वटा दाँतको अर्थ जुनसुकै खानालाई पनि ३२ पटक चपाउनुपर्ने तर्क गर्ने गरेका छन्। राम्रोसँग नचपाई खाना निल्दा हाम्रो आँतलाई खाना पचाउने भार थपिन्छ र हाम्रो पाचनप्रक्रिया बिस्तारै बिस्तारै कमजोर बन्न थाल्छ। यसको असर मल निस्कासन अंगमा समेत पर्ने गर्छ । यसबाट कब्जियत लगायतका रोग लाग्ने चिकित्सकहरुको बुझाइ छ। त्यसकारण खाना खाँदा धेरै बेर चपाएर मात्रै निल्नुपर्छ।

खानालाई धेरैबेर चपाएर खाँदा भोजनको मात्रामा आफैं नियन्त्रण कायम हुन्छ। किनकि धेरैबेर चपाएर खाँदा कम भोजनले पनि भेट भरिन्छ। राम्रोसँग चपाएर आएको एउटा रोटीले पनि चारवटा रोटीको जति पौष्टिकता प्रदान गर्ने गर्दछ। त्यसकारण धेरै खाना खानेभन्दा पनि प्रक्रिया र्पुयाएर खाना खाने गर्नुपर्छ। खाना खाने सवालमा एउटा उक्ति पनि चर्चित छ। एकपटक खाए योगी, दुईपटक खाए भोगी र तीन पटक खाए रोगी। यसको तात्पर्य यो हो कि दुईपटकभन्दा धेरै भोजन गर्नेहरु प्रायः रोगी हुन्छन्। त्यसैले सम्भव भएसम्म दिनको दुईपटक मात्रै पूर्ण भोजन गर्नु उपयुक्त हुन्छ।

दुई भोजनको समयमा कम्तिमा पनि ६ घण्टाको अन्तर हुनुपर्छ। यसबारे सबैभन्दा राम्रो नियम यो हो– जतिबेलासम्म तीब्र रुपमा भोक लाग्दैन, त्यतिबेलासम्म खाना नखानुहोस्। बिना भोकको खाना खानु भनेको स्वास्थ्यमा समस्या सिर्जना गर्नु मात्र हो।

खाना धेरैबेर चपाएर खानुको फाइदा यस्ता छन्:-

१. खाना खानु जति जरुरी छ त्यति नै चपाउनु पनि महत्वपूर्ण छ। राम्रोसँग चपाएर खाँदा कम खानाले पेट भरिनुका साथै सन्तुष्टि पनि हुने गर्दछ।

२. जब हामीले खाना चपाएर खान्छौं भने हाम्रो पाचनतन्त्र पाचनका लागि तयार रहन्छ। यसरी हामी जति धेरै चपाएर खाने गर्दछौं। त्यति नै राम्रोसँग हाम्रो पाचनतन्त्रले काम गर्नेछ।

३. ठीक तरिकाले चपाएर भोजन गर्दा इन्द्रीयले भोजनलाई कैयौं टुक्रामा बाँडेर पाचनतन्त्रसम्म पठाउने गर्दछ। यस्तो अवस्थामा पाचनतन्त्रहरु पाचनका लागि तयार हुन्छ। जस्तो दाँतको चपाउनुपर्ने काम पाचनतन्त्रले गर्न थालेपछि पाचनप्रक्रियामा त समस्या अवश्य पनि हुने नै भयो।

४. ठीकसँग चपाएर खानुले स्वादमा समेत असर गर्ने गर्छ। धेरैबेरसम्म चपाएको खानामा स्वाद पनि मीठो हुने र त्यसको आनन्द पनि लामो समयसम्म हुने गर्छ।

५. विस्तारै चपाएर खाना खानुले हाम्रो शरीरका जरुरी हर्माेनहरुलाई पाचन प्रक्रियामा भाग लिनको लागि पर्याप्त समय मिल्नेछ। जसका कारण लेप्टिन, ग्रेलिन जस्ता हर्माेनहरुले बिस्तारै पाचन प्रक्रिया सञ्चालन गर्न सक्छन्।
 

कमेन्ट लोड गर्नुस