कैलालीमा माघ २५ गते देखि हात्तीपाइलेको औषधि खुवाइने
कैलाली: कैलालीमा आठौँ चरणको हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन अभियान सञ्चालन हुने भएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर जिल्लाका सबै स्थानीय तहमा माघ २५ गतेदेखी हात्ती पाईलेको औषधी सेवन अभियान सुरु गरीने जनाइएको हो।
औषधि सेवनका लागि स्वाथ्य स्वयमसेविकाले घरघरमा गएर औषधी सेवन गराउने तयारी रहेको स्वास्थ्य कार्यालय कैलालीका मलेरीयन निरीक्षक जयसिहं भण्डारीले बताए।
विस २०६९ सालदेखी सुदूरपश्चिम प्रदेशमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु गरिएको थियो। आठौँ चरणको औषधी सेवन अभियान सम्म आईपुग्दा हात्ती पाईले रोगको संक्रमणमा कमि देखिएको उनले बताए।
गत आर्थिक वर्षमा कैलालीमा ६९ जना खुट्टा सुन्निएका, २ सय १ जना हाईड्रोसिल भएका र हात तथा अन्य अंग सुन्निएका १ जना बिरामी फेला परेको उनले बताए। हात्तीपाइलेको ओषधि आमऔषधि भएकाले यसले कुनै नकारात्मक असर नगर्ने उनले दावी गरे। औषधि सेवन गरी हात्तिपाईले रोग निवारणमा सहयोग पु¥याउन उनले सबैमा आग्रह गरे।
सन् २०२० सम्ममा हात्तीपाईले निर्मुल गर्ने लक्ष्य लिएपनि शिक्षित वर्गले नै औषधि सेवन नगरिदिँदा रोग निवारणमा चुनौती थपिएको मलेरियन निरीक्षक भण्डारीले बताए। ६ वर्षसम्म निरन्तर औषधी खुवाइएका जिल्लामा गरिएको सर्वेक्षण फेल भएपछि पुनः औषधी सेवन कार्यक्रम सञ्चालन उनले बताए। हात्तीपाइले रोग विरुद्धको औषधी बारे नकारात्मक प्रचार बढी भएकाले संचार माध्यमवाट सत्यतथ्य सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने बताए।
हात्तीपाइले रोगको संक्रमणदर एक प्रतिशत भन्दा कम झार्ने उद्देश्य रहेपनि यस अघि औषधी खुवाएका जिल्लाहरुमा सर्वेक्षण गर्दा एक प्रतिशत भन्दा माथि रोग संक्रमण दर देखिएपछि जोखिममा रहेका जिल्लामा औषधि खुवाउने कार्यक्रमले निरन्तरता पाएको हो।
हात्तीपाइले रोगको औषधी सबैले सेवन नगर्दा संक्रमणदर घटाउन नसकिएको तथ्याङ्कले देखाएको छ। यो औषधी दुई वर्ष मुनिका बच्चाहरु, गर्भवती महिलाहरु, सिकिस्त बिरामीहरु र छारे रोगका बिरामीहरु बाहेक सबै व्यक्तिहरुले सेवन गर्नुपर्ने अनिवार्य भएको बताए।
औषधि सेवन पश्चात शरीरमा हात्तीपाइले परजिवी भएकाहरुलाई उक्त परजिवीको मृत्यु हुँदा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट डुम्म परे जस्तो हुने लक्षणदेखा पर्ने बताईएको छ। तर यस्तो असर एक दुई दिनपछि स्वतः निको हुने चिकित्सकहरुको भनाई रहेको थियो।