डोटीको सुजंङ्ग अस्पतालद्वारा सेवा विस्तार
सुजंग अस्पतालले नयाँ व्यवस्थापनका साथ थप स्वास्थ्य सेवा सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा उत्कृष्ट भौतिक पुर्वाधार भएको सो अस्पतालले सोमबारबाट गाइनो सेवा समेत सुरु गरेको हो।
पहाडी जिल्लाका महिलाहरुमा पाठेघर र स्तन सम्बन्धि बढी सम्स्या देखिने भएकाले अस्पतालले गाइनो सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश जोशीले बताए। उनले व्यवसायीक लाभभन्दा सेवाभावलाई मध्यनजर गरी अस्पतालमा थप सेवा सुचारु गरिएको बताए।
अस्पतालले सेवा सुरु गरेको पहिलो दिनमै ८५ जना महिला विरामीले सेवा लिएका छन्। जसमा आर्थिक अवस्था कमजोर भएका १० जना विरामीको निशुल्क उपचार गरिएको छ। यसअघि प्रसुती गृह काठमाडौंमा कार्यरत प्रसुती रोग विशेषज्ञ डाक्टर निता यादव सुजंग अस्पतालमा नियमित रहनेछिन्।