सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा अनुहारको शल्यक्रिया सफल

२०७६ माघ २८, १२:१५ खबर संवाददाता

धनगढी : धनगढीको निसर्ग अस्पतालमा पहिलो पटक अनुहारको शल्यक्रिया गरिएको छ। दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ की गोवडी महरको अनुहारको शल्यक्रिया गरिएको हो। डाक्टर दिपक ठकुराठी, डाक्टर हेमन्त ओझा र डाक्टर लक्ष्मीराज जोशी लगायतको टीमले ६ घण्टा लगाएर शल्यक्रिया गरेको हो। 

ईन्टुवेसन प्रविधिवाट वेहोस बनाएर अनुहारको शल्यक्रिया गरिएको निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए। नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरवाट लडेकी महरको अनुहारमा १० वटा प्लेट लागेको शल्यक्रियामा संग्लन डाक्टर हेमन्त ओझाले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस