सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमलाको जुसले निको पार्छ यी रोगहरु, यस्ता छन् फाइदा

२०७६ फाल्गुन १, ०६:१७ खबर संवाददाता

सिजनमा अमला सजिलै पाइन्छ। स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ। अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ। अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ।  

यसको सेवन गर्ने गरेमा आँखाको ज्योति बढ्छ। अमलाको जसमा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका पोषक तत्त्व पाइन्छ। शरिरलाई स्वस्थ राख्न अमलाको जुस सेवन गर्नु आवस्यक छ। यसको सेवनले दिमाग तेजिलो हुन्छ। अमलाको जुस पिएमा कपाल फुल्ने समस्याबाट टाढा रहन सकिन्छ। यसको सेवनले  महिलाहरूको महिनावारी समस्या समाधान हुन्छ। 

अमलाको जुसको सेवनले मुत्रनलीमा देखिने समस्या समाधान हुन्छ। यसको सेवनले पेट र मिर्गौलालाई पनि सफा राख्छ। अमलाको सेवनले कब्जियत हुन नदिई झाडापखाला रोक्छ। यसको सेवन गर्नाले पत्थरी हुनबाट जोगिइन्छ। 

कमेन्ट लोड गर्नुस