सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरूद्वारा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

२०७६ फाल्गुन १, ०१:२९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अजयमेरू गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी निःशुल्क सेवा सुरु गरेको छ। गाउँपालिकाले गत पुष २९ गतेदेखि ग्रामीण क्षेत्रमा निःशुल्क रूपमा भिडियो एक्सरे सेवा प्रदान गरिरहेको छ। 

अमजमेरु गाउँपालिको सदरमुकाम भद्रपुर रहेको भद्रपुर स्वास्थ्य चौकीबाट नियमित तथा निःशुल्क सेवा दिइरहेको अनमी माया अवस्थीले जानकारी दिइन्। गाउँपालिकाले २१ दिने तालिममा सहभागी गराएपछि उनले यहाँका सेवाग्राहीलाई सेवा दिइरहकी हुन्।

६ वडा रहेको उक्त गाउँपालिकाले अहिले गर्भवती महिलाहरूको निःशुल्क चेकजाँच गरिरहेको छ। समान्य चेकजाँच गर्न डडेल्धुरा अस्पताल पठाउनुपर्ने बाध्यता हटेको अनमी अवस्थीले बताइन्।

गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा पाएपछि यस क्षेत्रका महिलाहरुलाई सहज भएको छ। डडेल्धुरा सदरमुकाम जान आउने लाग्ने खर्च तथा समय समेत बचत भएपछि उनीहरु हर्षित भएका छन्। 

गाउँपालिकाले फागुन १० गतेदेखि वडा ५ को देवलदिव्यपुरबाट पनि सेवा दिने तथा आवश्यक परे वडा–वडामा पुगाउने योजना रहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए। 

कमेन्ट लोड गर्नुस