सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन महिनावारीका बेला कपाल नुहाउनु हुदैन ? यस्तो भन्छ अध्ययन

२०७६ फाल्गुन १, ०३:२८

मासिक धर्म अर्थात महिनावारी माहिलामा हुने एक प्राकृतिक प्रक्रिया हो। शरीरमा भएको अशुद्ध रगत बाहिर निस्कने यो एक मासिक चक्र हो। महिनावारीका बेला कपाल चिसो बनाए यस्ता समस्या देखिने विभिन्न अध्ययनले देखाएको छ। 

शरीरका सबै खराब रगत बाहिरिदैन 
महिनावारीका बेला शरीरको सबै खराब रगत बाहिरिनु आवश्यक छ। यदि सबै रगत बाहिरिएन भने यो गर्भाशयमा थेग्ला बनेर रहन्छ। पछि यो नै समस्या बन्छ। शरीरमा भएका सबै खराब रगत बाहिरन शरीर तातो हुनुपर्छ। शरीर चिसो भयो भने गर्भाशयमा रगत अड्किने हुन्छ। यसरी रगत अड्किएकै कारण पेट धेरै दुख्ने हुनसक्छ।

सामान्यतया महिनावारीको पहिलो दिन कपाल ननुहाउन चिकित्सकहरूको सुझाव छ। तर महिनावारीको अन्तिम दिन भने कपाल नुहाउँदा केही नहुने उनीहरुको भनाइ छ।  

महिनावारीको बेला शरीर भित्रको सबै खराब रगत बाहिरिएन भने अन्य बिकार पनि उत्पन्न हुनसक्छ। जस्तैं शरीरमा संक्रमण हुने, पेट दुख्ने आदि। महिनावारीका बेला कपाल ननुहाउने हो भने यी समस्याबाट छुट्कारा पाउन सकिने सुझाव छ।    

कतिपय अवस्थामा महिनावारी भएका बेला कपाल नुहाउनै पर्ने बाध्यता हुनसक्छ। यस्तो अवस्थामा तातो पानी प्रयोग गर्न सकिने सुझाव छ। तातोपानीको प्रयोगले महिनावारीमा हुने पीडा पनि कम हुन्छ। किनकी तातो पानीले रक्तसञ्चारलाई सहज बनाउँछ। –एजेन्सी 

कमेन्ट लोड गर्नुस