सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसको प्रतिकार्य गर्ने प्राइभेट अस्पताल संघको निर्णय

२०७६ फाल्गुन २४, ०३:०५ खबर संवाददाता

धनगढी: प्राइभेट अस्पताल संघ सुदुरपश्चिम समितिले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।  

शनिबार धनगढीमा बसेको बैठकले संकास्पद बिरामी फेला परे जिल्ला जनस्वास्थ्यमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने, छुट्टै आइसोलेसन बेडको व्यवस्था गर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बचाउका विभिन्न उपायहरु अवलम्वन गर्न लगाउने, सरकारले निर्देशन गरेकोअनुसार कार्य गर्ने र भविश्यमा आइपर्ने सम्पूर्ण महामारीका निम्ती तयारी अवस्थामा रहने गरेर ५ बुदे निर्णय गरेको हो। 

साथै संघले निजी अस्पताललाई कोरोना भाइरसबाट बच्न र उपचारका लागि सहयोग गर्न समेत अनुरोध गरेको समितिका अध्यक्ष जनकराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस