सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा स्वास्थ्य महोत्सव सम्पन्न

२०७६ फाल्गुन २४, ०६:५१ खबर संवाददाता

कैलाली: कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना गरिएको गौरीगंगा स्वास्थ्य महोत्सव शनिबार सम्पन्न भएको छ।  महोत्सवमा ५ हजार २ सय २० जना महिला र १ हजार ९ सय २४ जना पुरुष गरेर ७ हजार १ सय ४४ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ। 
थारु समुदायमा देखिएको सिकलसेल एनिमीया रोगको ४ सय ३ जनामा परिक्षण गरिएकोमा ४८ जनामा सिकलसेल पाइएको नगरपालिकाका स्वास्थ्य शाखाका ईश्वरीप्रसाद भुसालले बताए। उनीहरुकालागि थप परिक्षणका कार्यक्रम गरिने भुसालले बताए। 

नगर प्रमुख भिमबहादुर देउवाको सभापतित्वमा महोत्सव समापन गरिएको थियो। महोत्सवको समिक्षासहितको विवरण यहि २६ गते सर्वपक्षिय भेलागरि सार्वजनिक गरिने जानइएको छ।  

कमेन्ट लोड गर्नुस