सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड –१९ को प्रभावकारी जाँच गर्न निर्देशन

२०७६ फाल्गुन २४, ०७:३० खबर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरसको (कोभिड –१९) प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमानाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को  आज अवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे। 

सो अवसरमा  राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत गरे। नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य  शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षणकक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। -रासस
 

कमेन्ट लोड गर्नुस