सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली डोटीको चौकीगाउँमा

२०७६ फाल्गुन २४, ०९:११

डोटी- डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित चौकीगाउँको जनप्रिय आधारभूत विद्यालयका बिरामी विद्यार्थीको उपचारका लागि स्वास्थ्य कर्मीको टोली पुगेको छ।

स्वास्थ्यकर्मीको टोली प्रतिकूल मौसममा पनि विद्यालय पुगेको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्यचौकीका प्रमुख सुरज केसीले जानकारी दिए। स्वाथ्यकर्मीको टोलीले बिरामी परेका विद्यार्थीको रगत सङ्कलनदेखि अन्य उपचार सेवा दिइरहेका छन्। फागुन २१ गतेदेखि सो विद्यालयको छात्रबासमा रहेका विद्यार्थी बिरामी भएका थिए।

शिक्षक हर्कबहादुर कठायतका अनुसार विद्यार्थीलाइ ज्वरो आउने, नाक र मुखबाट सिङान र ¥यालजस्तो पानी बग्ने गरेको छ। विद्यार्थीलाई बडिकेदार गाउँपालिका–१ बिपीनगरमा रहेका स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको थियो। विद्यालयमा भएका अधिकांश विद्यार्थी एकैसाथ बिरामी परेपछि उक्त बिद्यालय फागुन २१ गतेदेखि बन्द गरिएको छ। 

कमेन्ट लोड गर्नुस