प्रदेश ७ कै स्टेज कार्यक्रम देउडा गायक विहीन बन्दै
नेपाली कलाकारहरुले स्टेज कार्यक्रम प्रस्तुती राख्नका लागि सबैभन्दा बढि मौका प्रदेश नम्वर ७ बाट पाईरहेका छन् । अझ भनौ प्रदेश नम्वर ७ बाट धेरै कलाकारले राम्रो आम्दानी पनि गरिरहेका छन । तर ति स्टेज कार्यक्रममा देउडा कलाकारहरुले विरलै मौका पाउने गरेका छन् । त्यसको एउटै कारण हो, देउडा गितमा दर्शक ताली बजाउदैनन् भन्ने आयोजकहरुको सोचाई ।
प्रदेश नम्वर ७ मा महोत्सवहरु अझै भईरहेका छन । अहिले अत्तरीयामा प्रादेशीक महोत्सव चलिरहेको छ । प्रदेश नम्वर ७ मै आयोजना हुने महोत्सवमा यसपालि पनि विगत झै यसै क्षेत्रका कलाकारहरुले भने मौका पाईरहेका छैनन् । प्रदेश नम्बर ७ बाहीरका कलाकारहरु कोही गित गाएर त कोही नृत्य मार्फत दर्शकको साथ पाईरहेका छन् । आक्कलभुक्कल देउडा कलाकारको पालो आँउदा भने दर्शकहरु तितर वितर भएको दृश्य देखिन्छ ।
स्टेज कार्यक्रममा सबैको ध्यान गित संगितमा बढि हुने गर्दछ । प्रदेश नम्वर ७ को कला, संस्कृति, यहाँको पिडा, दुख, बेदना र सुन्दरतालाई गित मार्फत प्रस्तुत गरीरहेका देउडा गायक गायीकाले स्टेज कार्यक्रममा विरलै समय पाउने गरेका छन् ।
अधिकासं ति गितहरु कम्मर मर्काउनका लागि भन्दा पनि सुन्नका लागि बनाईएका हुन्छन् । देउडा गायक गोविन्द साउदका अनुसार देउडा गितले दर्शक पाउदै भन्ने धारणा गलत हो । देउडा गित सुन्नका लागि बनेका हुनाले सुन्ने दर्शकको अहिले पनि भिड रहेको गायक गोविन्द साउदको दावी छ ।
सुन्नका लागि बनाईएका देउडा गितमा दर्शकहरुले ताली बजाएनन् र कम्मर मर्काएर नृत्य गरेनन भन्दैमा आयोजकहरुले देउडा कलाकारहरुलाई स्टेज कार्यक्रममा मौका नदिने गरेको पाईन्छ । मौका दिईएपनि दर्शक थोरै भएको बेला दिईन्छ ।
यस क्षेत्रको कला सस्कृतीको जगेर्ना भन्दा पनि रमाईलो र व्यापारीक दृष्टीकोणले आयोजना गरीएका कार्यक्रममा आयोजकले नै देउडा कलाकारको गलत छाप बनाईदिएको लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश ७ का संयोजक सुरत रावतको भनाई छ । उनले कला सस्कृतीको जगेर्नाका लागि आयोजना गरीएको स्टेज कार्यक्रममा देउडा गितमा तालि बजाउनेको कमि नहुने बताए । अहिलेका दर्शक÷श्रोताले बेदनाले भरिपूर्ण मात्रै नभएर मनोरञ्जन सहितका गित सुन्न इच्छा राख्छन् ।
तर धेरै डेउडा गायकले समय अनुसारका गित ल्याउन सकेका छैनन् । पूरानो पुस्ताले नयाँ गित ल्याउन सकेका छैनन् भने नयाँ पुस्ताले गित त ल्याएका छन, तर तिनमा देउडाको मौलिकपन खासै पाईदैन । तरपनि देउडा कलाकारहरुले ताली नै पाउदैनन भन्ने कुरा गलत भएको गायक लाल वहादुर थापाको पनि दावी छ ।
गित गाउँने शैली र संगितमा अलि फरकपन ल्यायो भने त देउडा गित अहिले पनि श्रोता दर्शकको पहिलो रोजाई बन्छन भन्ने कुरा नयाँ पुस्ताले ल्याएका केहि फरक शैलीका गितले पनि पुष्टी गरिदिएको छ । यो कुराको हेक्का गायक, गायिकासंगै आयोजकहरुले पनि राख्नै पर्छ ।