सुदूरपश्चिममा कोरोना रोकथामका लागि कृषि विकास बैंकद्वारा ५ लाख सहयोग
२०७६ चैत्र १७, ०३:१४
धनगढी: सुदूरपश्चिममा कोरोना भाइरस रोकथामका लागि कृषि विकास बैंक प्रदेश कार्यालयले ५ लाख सहयोग गरेको छ। बैंकले सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा रकम सहयोग गरेको हो।
सोमबार कृषि विकास बैंकका सुदूरपश्चिम निर्देशक गोकुल प्रसाद पनेरूले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई ५ लाखको चेक हस्तान्तरण गरेका छन्।
कमेन्ट लोड गर्नुस