सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

२०७६ चैत्र २०, १०:४८ खबर संवाददाता

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ५ सय ८ पुगेको छ।

पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ८६  हजार ७ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ।  इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ।

इटली र स्पेनमा यस भाइरसबाट दिनकै सयौ मानिसहरुको मृत्यु भइरहेको छ।  इटालीमा १ लाख १५ हजार २४२  कुल सङ्क्रमित भएका छन्भने, तेह्र हजार ९ सय १५ को मृत्यु भएको छ। यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन्। इटली आज मात्रै ७६०जनाको मृत्यु भएको छ।

संयुक्तराज्य अमेरिकामा २ लाख २७ हजार ६१ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३४५ को मृत्यु भएको छ। यसैबीच १० हजार २६५ निको भएर फर्किएका छन्।  छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो रहेको छ। भारतमा आज मात्र ३४३ नयाँ संक्रमित भेटिएका छन् भने कुल संक्रमितको संख्या २ हजार ३४१ पुगेको छ र हालसम्म ६८ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस