सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएका नेपालीमा कोरोना भेटियो, संक्रमितको संख्या सात पुग्यो

२०७६ चैत्र २१, ०२:०७ खबर संवाददाता

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ। र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो। र, भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले भने, ‘पहिलो रिपोर्ट पोजेटिभ आएको छ र थप परीक्षणका लागि टेकु पठाइएको छ।’

अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमित सबै विदेशबाट आएका हुन्। त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो।

त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो। त्यसको चार दिनपछि बिहीबार उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो।-अनलाइनखबरबाट  साभार

कमेन्ट लोड गर्नुस