सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब औषधीबाट बहिरोपनको पूर्ण उपचार

२०७५ असार १८, ११:५५

तपाईंको श्रवण शक्ति कमजोर छ रु अर्थात सुन्न सक्ने क्षमता कम छ रु बहिरोपनको समस्या छ रु त्यसो हो भने तपाईंका लागि यो खबर सुखद हुनसक्छ । खबर छ, बहिरोपनको पूर्णत उपचार संभव हुने तथ्य फेला परेको छ ।
विभिन्न कारणले हाम्रो श्रवण शक्ति कमजोर हुन्छ । कसैले जन्मजात कान सुन्दैनन् । कसैले पछि संक्रमण, घाउ आदिको कारण श्रवण शक्ति गुमाउन पुग्छन् । अहिले चर्को हर्न, इयरफोनको प्रयोग आदिले पनि मानिसको कान सुन्ने क्षमता कमजोर हुँदछ । जब श्रवण शक्ति कमजोर हुन्छ, उनीहरुलाई सामान्य कुराकानी गर्नसम्म गाह्रो हुन्छ । त्यही कारण आत्माविश्वास हराउँछ ।
 त्यसो त मेडिकल क्षेत्रमा विभिन्न किसिमको अध्ययनहरु भइरहेकै हुन्छ । तर अहिलेसम्म सुन्ने सम्बन्धमा कुनै खोज भएको थिएन । हालै भएको एक सोधमा दावी गरिएको छ कि, यस्तो औषधी बनाइएको छ, जसले श्रवण शक्ति फर्काउन सकिन्छ । श्रवणशक्ति पूर्ण रुपमा गुमाएकाहरु पनि यसबाट लाभान्वित हुनेछन् । अमेरिकाका विशेषज्ञले यस औषधी बनाएको दावी गरेका हुन् ।
यस औषधीले कानभित्र रहेको एकदमै खास रौं जस्तै कोशिकालाई पुनः जीवित गर्छ । यो शोध नेशनल इन्स्टीच्युट अफ डेफनेस एन्ड अदर कम्युनिकेशन डिसअर्डरका विशेषज्ञ टिमले गरेका हुन् । शोधमा शोधकर्ताले डीएफएनए २७ नामक जीनको खोज गरेका थिए, जो वंशानुगत बहिरोपनका लागि उत्तरदायी हुन्छ ।
 यो सोध मुसामाथि गरिएको हो । शोधका सहलेखक थोमस प्रडमैनको भनाई अनुसार उनको टिमले मुसाको बहिरोपन पूर्ण रुपमा उपचार गर्न सफल भयो । शोधकर्ताले के पनि थाहा पाए भने, बहिरोपनको ५० प्रतिशत कारण वंशानुगत हुनेगर्छ । र, यसको उपचार असंभव हुन्छ । धेरैजसो मानिस वंशानुगत कारणले बहिरोपनको शिकार हुँदै आएका छन् ।
शोधकर्तालाई विश्वास गर्ने हो भने, उनीहरुले खोज गरेको औषधी बहिरोपनको उपचारको लागि एक नयाँ आयम हुनेछ । यो औषधीले एक स्विचले जस्तै काम गर्नेछ, जो सुन्ने क्षमता फर्काउन सक्षम हुन्छ । यो शोध पशिद्ध पत्रिका सेलले प्रकासित गरेको छ ।

कमेन्ट लोड गर्नुस