सुदूर नेपाललाई विश्वसँग जोड्दै

५५ दिनमा सुदूरपश्चिमका एक सय ७४ जनाको परीक्षण, आज तीन जनाको मात्रै

२०७६ चैत्र २५, ०६:१३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशबाट कोरोनाको परीक्षणका लागि नमूना संकलन थालिएको ५५ दिनमा एक सय ७४ नमूना परीक्षण गरिएको छ। सोमबारसम्म एक सय ७१ जनाको नमूना परीक्षण भएकोमा आज थप तीन जनाको परीक्षण भएको हो।

तीनै जनाको धनगढीमा स्थापना भएको प्रयोगशालामा परीक्षण भएको थियो। ती सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालसहित विभिन्न अस्पतालबाट अहिलेसम्म दुई सय ५९ जनाको थ्रोट स्वावको नमूना संकलन गरिएमा हालम्म एक सय ७४ नमूना मात्रै परीक्षण भएको छ। 

यसमा सेती प्रादेशिक अस्पताल र विभिन्न अस्पतालसंगै नेपाली सेनाले क्वारेन्टाइनबाट संकलन गरेका ९२ जनाको थ्रोट स्वाव मात्रै जोडिएको छ भने ¥यापिड टेष्टका लागि संकलन गरिएको नमूना र अछाममा आज संकलन गरिएका नमूना जोडिएको छैन्। 

प्रदेशभर एक सय ७४ जनाको परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक एक सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयको जनस्वास्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। नमूना संकलन गरिएका ८५ जनाको भने परीक्षण बाँकी रहेको उनले बताए।  

कमेन्ट लोड गर्नुस