सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा नयाँ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १४ पुग्यो

२०७७ वैशाख १, ०४:२६ खबर संवाददाता

नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छन्।  रौतहतमा १९ वर्षीय एक युवामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको हो। उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। 

मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको बताए।

आज मात्रै कैलालीको लम्किचुहा नगरपालिका -१ भरुवाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। 

कमेन्ट लोड गर्नुस