र्यापिड टेस्टमा पोजेटिभ भेटिएकी महिलाको स्वाब परीक्षणमा देखिएन कोरोना
कोरोना भाइरसको र्यापिड टेष्ट का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ वर्षीया महिलाको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका गरिएकी महिला र उनका छोरा दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
आइतबार गरिएर्को र्यापिड टेष्टका क्रममा ति महिलामा कोरोना पोजेटिभ नतिजा देखापरेको थियो। तर पिसीआर जाँचमा उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। उनीहरुलाई भीमसेन माध्यमिक विद्यालयमा काठेखोला गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको बताएएको छ।
ती महिला तीर्थयात्रामा भारतका विभिन्न स्थानमा पुगेर गत चैत महिनामा घर फर्केकी थिइन्।