नेपालमा थप दुई जनामा र्यापिड टेष्टले देखायो कोरोना पोजेटिभ
नेपालमा थप दुई जनाको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखाएको छ। कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्टमा काभ्रेका बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो।
बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए। मण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए। पिसिआर प्रविधिबाट परीक्षण गरेपछि उनीहरुमा कोरोना संक्रमण भए र नभएको पुष्टि हुनेछ।
¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि दुवै जनालाई धुलिखेल अस्पताल लगिएको छ भने उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ। उनीहरूको परिवारलाई भने तत्काल क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ। काभ्रेमा कोरोना रोकथामका लागि विदेशबाट घर फर्किएकाहरूको र्यापिड टेष्ट तीव्र रूपमा भइरहेको बताइएको छ।