सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकजना कोरोना संक्रमित थपिए

२०७७ वैशाख ६, ०८:५७ खबर संवाददाता

नेपालमा एकजना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ। यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यो सँगै संक्रमितको संख्या ३१ पुगेको छ। ती मध्ये दुईजना निको भएर घर फर्किसकेका छन्। 

कमेन्ट लोड गर्नुस