सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिर्पोट नेगेटिभ

२०७७ वैशाख ८, ११:१८

डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो।

जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा सिजन रावलले जानकारी दिए।

डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको यकिन तथ्याङ्क नदिँदा धमाधम परीक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।–रासस
 

कमेन्ट लोड गर्नुस