नेपालमा थप ३ जनामा कोरोना, संक्रमितको संख्या ४५ पुग्यो
२०७७ वैशाख १०, ०४:२८
नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
योसहित नेपालमा संक्रमण देखिएको संख्या ४५ पुगेको छ।
कमेन्ट लोड गर्नुस