सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयले उल्टो झण्डालाई सुल्टो बनायो

प्रदेश ७ को सामाजिक मन्त्रालयले उल्टो गरी लगाएको झण्डा सुल्टो बनाएको छ । राष्ट्रिय झण्डा उल्टो पारेर लगाएको विषय सञ्चार माध्यममा समाचार आएपछि सुल्टो पारिएको हो । यसअघि झुत्रो झण्डा राखिएको समाचार आएपछि फेरिएको झण्डा उल्टो पारेर राखिएको थियो । राष्ट्रिय झण्डाको चन्द्रमाथि र सुर्य तल हुनुपर्ने भएपनि मन्त्रालयले ठिक विपरीत झण्डा लगाएको थियो ।  
सामाजिक सञ्जालमा पनि चर्को आलोचना र विरोध भएपछि मन्त्रालयले राष्ट्रिय झण्डालाई सुल्टो वनाएर लगाएको हो ।

कमेन्ट लोड गर्नुस