सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुरुषका स्टाइलिस कुर्ता

२०७५ असार २६, ०७:४२

महिलाले मात्र नभएर पुरुषले पनि कुर्ताको प्रयोग गर्ने चलन निकै बढेको छ । भारतमा यस्तो कुर्ता अलि बढी प्रचलनमा थियो । तर, पछिल्लो समय नेपालमा समेत यसको बलियो प्रभाव पर्न गएको छ ।
 पुरुषले प्रयोग गर्ने यस्ता कुर्ता पनि विभिन्न डिजाइनमा उपलब्ध हुन्छन् । जसले पुरुषको पर्सनालिटीलाई आकर्षक देखाउन भूमिका निर्वाह गर्छ ।
एम्ब्रायडर्ड कुर्ता प्याटर्न
विवाहको मौसममा पहिरिन एम्ब्रायडर्ड कुर्ता प्याटर्न निकै राम्रो अप्सन हो । पछिल्लो समय यस्तो प्याटर्नको कुर्ता निकै प्रचलनमा छ । एम्ब्रायडर्ड प्याटर्नको पेस्टल कलर बढी प्रयोग गरिएको हुन्छ ।
त्यस्तै, यो पेस्टल कलर र एम्ब्रायडरीको कम्बिनेसन पनि हो । जुन निकै ट्रेन्डमा छ । एम्ब्रायडर्ड कुर्तालाई जिन्स र ट्राउजरसँग पनि लगाउन सकिन्छ । यसले पुरुषको पर्सनालिटीलाई राम्रो बनाउन सहयोग पु-याउँछ ।
एसिमेट्रिक कट
पुरुषका लागि बजारमा कैयौँ प्रकारका कुर्ता प्याटर्न उपलब्ध छन् । त्यमध्ये पनि एसिमेट्रिक कट निकै स्टाइलिस कुर्ता प्याटर्न हो ।
फेसनडिजाइनरको सहयोगमा यस्तो कुर्तालाई चाहेअनुसारको डिजाइन गरी आकर्षक लुक्स दिन पनि सकिन्छ ।
यसमा कुर्ताको कट मात्र नभई कैयौँ एक्सपेरिमेन्ट पनि गरिएको हुन्छ । यसमा पछाडि र अगाडि कटको डिजाइन हाल्न सकिन्छ ।
यसमा एसिमेट्रिक अर्थात् अगाडि छोटो र पछाडि लामो कट निकै प्रचलनमा छ । साइड कट एसिमेट्रिकको पनि निकै डिमान्डमा छ । यस्तो कुर्ताको साइडमा बटन पनि राख्न सकिन्छ ।
डेनिम स्टाइल
विवाहको समयबाहेक अन्य अकेजनका लागि कुर्ता पहिरिन चाहेमा डेनिम स्टाइल बेस्ट अप्सन हुन सक्छ । यसले आकर्षक लुक्स देखाउन सहयोग पु-याउँछ । यस्तो कुर्ता थुप्रै डिजाइनमा उपलब्ध हुन्छन् ।
यदि तपाईं लिननको कपडामा कुर्ता तयार पार्ने सोचमा हुनुहुन्छ भने यसलाई कैयौँ डिजाइनमा ढाल्न सकिन्छ ।
पछिल्लो समय पुरुषले सबैभन्दा बढी डिमान्ड गर्ने कुर्तामा डेनिम पनि पर्न आउँछ । यस्तो कुर्ता अफिस, पार्टी र अन्य अकेजनका लागि पनि प्रयोग
गर्न सकिन्छ ।
ज्याकेट स्टाइल
यस्तो प्याटर्नमा एउटा सिम्पल कुर्तामाथि ज्याकेट पहिरिने गरिन्छ । यसरी प्रयोग हुने ज्याकेट फरक–फरक डिजाइनमा तयार पार्न सकिन्छ । निकै पहिले कुर्तामाथि ज्याकेट पहिरिने गरिन्थ्यो ।
पछिल्ला केही वर्षदेखि यो पुनः फेसनमा आएको छ । यदि तपाईं लेटनाइटसम्म पार्टीमा रहनुहुन्छ भने ज्याकेट कुर्ता निकै राम्रो अप्सन हुन्छ ।
त्यस्तै, आजभोलि प्लेन कुर्ताको साथमा एम्ब्रायडरी प्याटर्नको ज्याकेट पनि प्रयोग गरिन्छ । यस्तो कम्बिनेसनले लुक्सलाई निकै आकर्षक देखाउन भूमिका निर्वाह गर्छ ।

कमेन्ट लोड गर्नुस