सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ का स्वास्थ्य संस्था एक घण्टा बन्द (भिडियो सहित)

डा.केसीको जीवन रक्षाको माग

२०७५ असार २७, ०४:२२

नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबार प्रदेश नम्वर ७ का सबै स्वास्थ्य संस्थामा एक घण्टा विरोधको कार्यक्रम गरेको छ। नेपाल चिकित्सक संघ प्रदेश नम्वर ७ ले केसीको जीवन रक्षाका लागि दबाब दिन एक घण्टा काम नगर्ने निर्णय गरेको हो। संघले मंगलबार नै सरकारले डाक्टर केसीको माग सम्बोधन नगरे बुधबारदेखि विरोध स्वरुप १ घण्टा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सेती अञ्चल अस्पतालमा पनि १० देखि ११ बजे सम्म बहिरंग सेवा ठप्प भएको थियो भने इमरजेन्सी भने खुलै थियो। नेपाल चिकित्सक संघ प्रदेश नम्वर ७ का अध्यक्ष डाक्टर प्रमोद जोशीले डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउदै उहाँको जिवन रक्षाका लागि एक घण्टा पेन अडाउन गरिएको बताए। सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने चेतावनी पनि संघले दिएको छ।
 

कमेन्ट लोड गर्नुस