सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुने

२०७४ फाल्गुन ३०, ०५:४९

नेपाली चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुने भएको छ । निर्माण पक्षले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै आगामी शनिबार चलचित्रको च्यारिटी सो हुने जनाकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका सह–निर्माता बिमला भट्टले आउ‘दो चैत्र ३ गते शनिबार दिउँसो १२ बजे जोशी टाकिजमा च्यारिटी सो हुने बताइन् ।

हास्यब्यङ्ग्य तथा सामाजिक विकृतीविरुद्ध निर्र्माण गरिएको चलचित्रमा धनगढीका नवनायक सागर तिवारीको पनि मुख्य भूमिका रहेको छ । उनी सह–निर्माता भट्टका छोरा पनि हुन् । चलचित्रको च्यारिटी सो बाट उठेको रकममध्ये १५ प्रतिशत असाहय तथा गरिब बालबालिकालाई छुट्याइएको उनले बताइन् । दर्शकको सुझाव र माया पाउनका लागि च्यारिटी सोले महत्वपूर्ण सहयोग पुग्ने चलचित्रका नवनायक सागर तिवारीले बताए ।

चलचित्रमा तिवारी संगै सौगात मल्ल, बर्षा रावत, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतले अभिनय गरेका छन् । चलचित्रका निर्माता रोज राणा हुन् । चलचित्र ‘मेरो पैसा खोइ ?’ झण्डै एक करोडको लगानी निर्माण भएको बताइएको छ ।

कमेन्ट लोड गर्नुस