सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्तसञ्चार केन्द्रमा रक्तदाता नहुँदा समस्या

२०७५ असार ३२, ०९:४८

दुई वर्ष अघि स्थापना गरिएको रक्त सञ्चार केन्द्रमा रगत दिने रक्तदाताको अभाव हुने गरेको छ। रगतदान गर्नुपर्छ भन्ने सोचाई नहुँदा विरामीलाई रगत आवश्यकत्ता पर्दा समस्या हुने गरेको रक्त सञ्चार केन्द्र दार्चुलाले जनाएको छ। नेपाल रेडक्रस सोसाईटी दार्चुला शाखा र जिल्ला अस्पताल दार्चुलाको संयुक्त लगानीमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा रगत जाँच गर्ने उपकरण, रगत सञ्चित गर्ने उपकरण लगायत फर्निचर समेत अभाव छ। रक्त सञ्चार केन्द्रमा १ सय २० पोका रगत जम्मा गर्ने क्षमताको मेसिन रहेपनि राख्ने ठाउँ अभाव रहेको रक्त सञ्चार केन्द्रमा कार्यरत ल्याब टेक्निसियन दिपकराज विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस