सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानामा यसरी गर्नुहोस् सजावट

२०७५ साउन ५, ०७:५९

 मौलिक खानामा नेपाल धनी छ । अनेक प्रकारका जडीबुटीदेखि खाद्यपदार्थसमेत उपलब्ध छन् । 
यस्ता खद्यपदार्थ विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । हामीले रेस्टुरेन्टमा पनि नेपाली मौलिक खानाको प्रयोग गरी पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौँ ।
 खाना सजावट र स्वादका लागि यस्ता मौलिक पदार्थको प्रयोग गर्न सकिन्छ ।
खानाको सजावटका लागि हामीले विभिन्न फूल तथा जडीबुटी पनि प्रयोग गर्न सक्छौँ । नेपालमा खानयोग्य फूल तथा जडीबुटी प्रशस्त मात्रामा उपलब्ध छन् ।
 जस्तो कि सयपत्री, लालीगुराँसको फूल, घडीफुल, जमरा, गेडागुडीको टुसाजस्ता पदार्थलाई कुनै पनि खानामा सजावटको रूपमा प्रयोग गर्न सक्छौँ । यस्ता फूल खान योग्य हुन् ।
त्यस्तै स्वादका लागि टिमुर, जिम्बु, सिलम, तुलसी, हिङ, झुसेतिल, तोरीको तेललगायतलाई प्रयोग गर्न सकिन्छ । यस्ता अर्गानिक खाद्यपदार्थले खानालाई स्वादिस्ट बनाउनुका साथै उत्तिकै स्वस्थकर पनि हुन्छ ।
पेयपदार्थको रूपमा पनि मौलिक पदार्थकै प्रयोग गर्न सकिन्छ । यसका लागि निगार, छ्याङ, प्यालाअला, मही, जुनार, लिचीको जुस, बेलको सर्बत, ऐँसेलुको लस्सी, चुद्रो, काफलको रस, बर, खन्युको लस्सी, आरुबखडाको लेदो आदि प्रयोग गर्न सकिन्छ ।
यस्ता खाद्यपदार्थलाई हामीले क्रमिक रूपमा परिमार्जन गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रथम, द्वितीय, तेस्रो, चौथो गरी क्रमबद्ध रूपमा सेट गरी रस, सलाद, मेन कोर्स र डेजर्टका रूपमा विकास गर्न सकिन्छ । 
चिया, कफीको रूपमा पनि मौलिक पदार्थलाई नै प्रयोग गर्दा अझ राम्रो हुन्छ ।

कमेन्ट लोड गर्नुस