सुदूर नेपाललाई विश्वसँग जोड्दै

एयरफोन प्रयोग गर्दा यी कुरामा ध्यान दिऔं

२०७५ साउन ५, ०८:०१

  एयरफोन प्रयोग गर्दा ६०/६० को नियम लागू गर्नुपर्छ । यो भनेको बढीमा ६० मिनेटसम्म र बढीमा ६० प्रतिशत भोलुममा एयरफोनको प्रयोग गर्ने । 
लामो समयसम्म सुन्दा भने कम भोलुमले पनि असर पुरयाउँछ । 
राम्रोसँग सुन्नका लागि कानका संवेदनशील कोषिकालाई श्रवणसम्बन्धी थकाइलाई रिकभर गर्नुपर्ने हुन्छ । त्यसैले एयरफोनमा सुन्दा ब्रेक लिन आवश्यक हुन्छ ।
टाउकोमाथि राखिने हेडफोनको प्रयोग गर्नुपर्छ । किनकि, यसबाट आउने आवाज कानको जालीभन्दा टाढा हुन्छ ।
 जसले गर्दा कानमा आवाजको कम मात्र दबाब पर्छ ।
कहिल्यै पनि एयरफोनलाई साझा रूपमा प्रयोग गर्नुहुँदैन । 
किनकि, साझा प्रयोग गर्दा इन्फेक्सन सर्ने डर हुन्छ ।

कमेन्ट लोड गर्नुस