सुदूर नेपाललाई विश्वसँग जोड्दै

डार्क सर्कलको घरेलु उपचार

२०७५ साउन १०, १०:०४

 आँखाको तल्लो भागमा हुने कालो घेरा आमसमस्याको रूपमा स्थापित छ । जुन शरीरमा कैयौँ पोषण तत्व कमीका कारण हुने कमजोरीले सिर्जना गर्छ । 
तर, कतिपय अवस्थामा उमेर बढ्दै जाँदा, ड्राई स्किन, रातभर काम गर्दा र सुत्ने आसन नमिल्दा पनि यस्तो समस्या हुने गर्छ । यस्ता छन् आँखाको कालो घेरालाई दूर गर्ने घरेलु उपचार :
बदामको तेल
बदामको तेलमा कैयौँ प्राकृतिक औषधि हुने गर्छ । जसले आँखावरिपरिको छालालाई फाइदा पु-याउने गर्छ । बदामको तेलको नियमित उपयोगले छालाको रङलाई हल्का पार्ने गर्छ । 
र, बिस्तारै आँखाको आसपासमा भएको डार्क सर्कलको समस्या पनि टाढा भएर जान्छ । यसका लागि रातको समय आँखाको तल्लो भागमा थोरै तेल लगाई हातले हल्का मालिस गर्नुपर्छ । 
र, बिहान उठेपछि रम्रोसँग मुख धुनुपर्छ । त्यसपछि बिस्तारै आँखाको कालो घेरा हटेर जान्छ ।
काँक्रो
छाला स्वस्थ राख्न काँक्रो निकै राम्रो मानिन्छ । त्यस्तै, काँक्रो छालामा लगाउँदा पनि फ्रेस र ग्लोइङ भएर जान्छ । त्यसका लागि काँक्रो पातलो गरी स्लाइस काट्नुपर्छ । 
र, त्यसलाई रेफ्रिजरेटरमा करिब ३० मिनेट राखेर चिस्याउनुपर्छ । त्यसपछि रेफ्रिजरेटरबाट झिकेर डार्क सर्कल भएको ठाउँमा १० मिनेटसम्म राख्नुपर्छ । 
अनि सुकेपछि पानीले सफा गर्नुपर्छ । यस्तो गतिविधि दिनमा तीन–चारपटक गर्दा  राम्रो हुन्छ ।
त्यस्तै, काँक्रो र कागतीको मिश्रण गराई त्यसलाई कटनको सहायताले कालो घेरा भएको ठाउँमा लगाउन पनि सकिन्छ । यसरी लगाएको करिब १५ मिनेटपछि पानीले सफा गर्नुपर्छ ।
पानी
यदि आँखाको तल्लो भागमा डार्क सर्कल छ भने त्यसको कारण शरीरमा पानीको मात्रा नपुगेर पनि हुन सक्छ । पानीको पर्याप्त सेवन कैयौँ रोगको औषधिसमेत हो । 
जुन साधारण घरेलु उपचार पनि हो । पानीले डार्क सर्कललाई पनि टाढा गर्ने काम गर्छ । पानी पिउँदा स्किन हाइड्रेट रहन पनि सघाउ पुग्छ ।
टमाटर
टमाटरमा कैयौँ यस्ता गुण हुन्छन्, जसले छालाको डार्क कलरलाई हल्का गर्ने काम गर्छ । यसले छालालाई ग्लो पनि प्रदान गर्छ । 
त्यसका लागि एक चम्चा टमाटरको पेस्ट र कागतीको रसको केही थोपाको मिश्रण गर्नुपर्छ । यस्तो मिश्रणलाई आँखाको तल्लो भागमा रहेको कालो घेरामा लगाउनुपर्छ ।
 र, १० मिनेटसम्म आँखामै रहन दिनुपर्छ । त्यसपछि मात्र चिसो पानीले सफा गर्नुपर्छ ।

कमेन्ट लोड गर्नुस