सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’ (भिडियोसहित)

२०७७ साउन १८, ०३:०४ खबर संवाददाता

गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ। गायिका देवी घर्तीको स्वरमा ‘बदला बरिलै’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको छ। यस गीतमा प्रकाश सपुतको शब्द तथा संगीत रहेको छ। 

यस गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी देखिएकी छिन्। भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतका कलाकारको पनि अभिनय रहेको छ।

यस गीतको भिडियोलाई अनिल कृष्ण मानन्धरले छायांकन, प्रविन भट्टले सम्पादन र गायक सपुतले नै निर्देशन गरेका हुन्। 

कमेन्ट लोड गर्नुस