सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्तुलित आहारका नियम

२०७५ साउन १५, ०७:५४

स्वस्थ रहनका लागि हामीलाई सन्तुलित आहारको आवश्यकता पर्दछ । आफ्नो शरीरको आवश्यकताभन्दा बढी खाना खानुहुँदैन । 
आवश्यकभन्दा बढी क्यालोरीयुक्त खाना खाँदा शरीर तथा रक्तनलीमा बोसो जम्न गई धेरै प्रकारका रोग लाग्न सक्छन् ।
एक वयस्क, साधारण शारीरिक कार्य गर्ने ७० किलो वजन भएको व्यक्तिका लागि दैनिक दुई हजार क्यालोरीयुक्त आहारको आवश्यकता पर्दछ । 
जसमध्ये ५० प्रतिशत कार्बोहाइड्रेडबाट, ३० प्रतिशत चिल्लो पदार्थबाट र २० प्रतिशत प्रोटिनबाट उपलब्ध हुनुपर्छ । कार्बोहाइड्रेड, चिल्लो, प्रोटिन, भिटामिन र लवणहरू खानाबाट आवश्यकताअनुसार प्राप्त गर्नुपर्दछ ।
यसरी खानुस्
– बिहान–बेलुकीको आहारमा हरियो सागपात समावेश हुनुपर्दछ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खानामा दुईदेखि तीनवटा सुक्खा गहँुको रोटी र मौसमी तरकारी पर्याप्त छ ।
– बिहान एक छाक मात्र भात खाने बानी राम्रो हो । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खानुपर्छ । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
– खाना खाँदा थोरै–थोरै धेरैपल्ट खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दुई छाक खाने, तर पेट कसेर खाने बानी नराम्रो हो । यस्तो बानी त्याग्नुपर्छ । थोरै खाने, धेरैपल्ट खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ ।
– खानामा फाइबरयुक्त गहुँ, गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै खानाले पनि मुटुलाई फाइदा गर्छ ।
– मासु खाँदैमा मानिस स्वस्थ हुन्छ भन्नु ठीक होइन । धेरै मासु स्वास्थ्यका लागि राम्रो हुँदैन । माछा र कुखुराको मासुले कोलस्ट्रोल बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा नखानु राम्रो हुन्छ ।

कमेन्ट लोड गर्नुस