सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निजी अस्पतालहरु सरकारी डाक्टर, नर्सिङ कर्मचारी र स्वास्थ्य प्राविधिककै भरमा

२०७५ साउन १५, ०४:२८

प्रदेश नम्वर ७ को अस्थायी राजधानी तोकिएपछि धनगढीमा निजी लगानीका सुविधा सम्पन्न अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । प्रदेश भरिको रेफरल अस्पताल सेती अञ्चल अस्पतालको स्तरोन्नतिको मुद्धा ओझेलमा रहेका बेला विरामीको चापलाई हेर्दै निजी लगानीकर्ताले अस्पतालमा सम्भावना देखेका हुन् । तर निजी लगानीमा खुलेका सुविधा सम्पन्न अस्पताहरु सेती अञ्चल अस्पतालकै डाक्टर, नर्सीङ कर्मचारी र स्वास्थ्य प्राविधिकहरुको भरमा सञ्चालनमा रहेका छन् । विगतमा निजी औसधी पसलमा मात्रै व्यस्त हुने सरकारी चिकित्सकहरु अहिले सुविधा सम्पन्न अस्पतालमा पनि व्यस्त हुन थालेका हुन् । चिकित्सकहरुको दरबन्दी सेती अञ्चल अस्पतालमा भएपनि उनीहरुले निजी अस्पतालमा पनि २४ सै घण्टा उपलव्ध हुने प्रचार गरेका छन । चिकित्सकहरुको सिको गर्दै नर्सीङ कर्मचारी र स्वास्थ्य प्राविधिकहरुको ध्यान पनि सरकारको तलव खाएर निजी अस्पतालमा बढि जान थालेको छ  सेती अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुसंगै नर्सीङ कर्मचारी र स्वास्थ्य प्राविधिकहरु पनि निजी अस्पतालमा व्यस्त हुन थालेपछि अस्पतालको सेवा खस्कीदै गएको छ ।

अञ्चल अस्पतालको सेवा खस्कीने गरि सरकारी तलव खाएका स्वास्थ्यकर्मी नै निजीमा व्यस्त हुन थालेको सेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले स्वीकार गरे । प्रदेश ७ को सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिह कार्कीले सरकारी अस्पतालमा ड्युटीको सयम बाहेक अन्य समय स्वास्थ्य मन्त्रालयको अनुमती लिएर निजी अस्पतालमा काम गर्न सक्ने प्रावधान रहेको बताए । तर अञ्चल अस्पतालमा कार्यरत ५० प्रतिशत चिकित्सकले त्यस्को अनुमती लिएका छैनन् । पछिल्लो समय धनगढीमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउने क्रम बढेपछि त सेती अञ्चल अस्पतालमा दरबन्दी रहेका चिकित्सकहरुले निजी अस्पतालमा २४ सै घण्टा उपलव्ध हुने प्रचार पनि गरिरहेका छन् । अस्पतालमा कार्यरत चिकित्सकहरुले २४ सै घण्टा निजी अस्पतालमा उपलव्ध हुने प्रचार गरिरहेका सेती अस्पतालमै कार्यरत नर्सीङ कर्मचारी र पारामेडीक्स अर्थात स्वास्थ्य प्राविधिकहरु पनि सरकारी अस्पतालमा दिनेपर्ने सवै समय निजी अस्पतालमा दिईरहेका छन् । सेती अञ्चल अस्पतालमा कार्यरत चिकित्सकसंगै नर्सीङ कर्मचारी र स्वास्थ्य प्राविधिकहरु सेती अस्पतालमा ठुलै आवश्कयता भए मात्रै अस्पताल आउने गरेका छन भने अन्य समय निजी अस्पतालामा विताउने गरेका छन् ।

तर नियमनकारी निकाय भने त्यस्ता स्वास्थ्यकर्मीलाई कारवाहीको दायरामा ल्याउन असफल भएको छ । धनगढीमा सञ्चालीत निजी अस्पताल र औसधी पसलहरुमा सेती अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्य प्राविधिकहरु, नर्सीङ कर्मचारी र चिकित्सकहरुको पनि लगानी छ । जस्ले गर्दा उनीहरु सेती अञ्चल अस्पतालको सेवालाई प्रभावकारी बन्न नदिएर आफ्नै निजी औसधी पसल र अस्पतालको सेवालाई प्रभावकारी बनाउनमा केन्द्रित छन् । यो समस्या नयाँ नभएपनि पछिल्लो समय एकपछि अर्को गर्दै खुलेका निजी अस्पताल झन जटिल बनाएको छ । विरामीहरु सामान्य उपचारका लागि पनि निजी अस्पतालमा धाउन बाध्य छन् । यता प्रदेश ७ को सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखाका प्रमुख कार्की भने अनुगमन गर्दै अहिलेको अवस्था सुधार गर्ने दावी गर्छन् । 
 

कमेन्ट लोड गर्नुस