सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुटुको भल्व फेरेका बिरामीद्वारा तेश्रो पटक प्रदेश सरकार समक्ष गुहार

प्रदेशभरी मुटुरोग विशेषज्ञ डाक्टर र रक्त परिक्षणको व्यवस्था नुहुँदा अकालमै ज्यान गुमाउन पर्ने बाध्यता

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा मुटुको भल्व फेरेका विरामी
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा मुटुको भल्व फेरेका विरामी
२०७५ साउन १७, १०:०७

अकालमै ज्यान गुमाउन पर्ने बाध्यता हटाउनका लागि प्रदेश नम्वर ७ मा मुटुको भल्व फेरेका विरामीहरुले तेश्रो पटक प्रदेश सरकार समक्ष गुहार गरेका छन् । प्रदेश नम्वर ७ मा मुटुको शल्यक्रिया गरी भल्व फेरेका बिरामीहरूले तेश्रो पटक गुहार गरेपनि प्रदेश सरकारले नसुने झै गरेको हो । बुधवार तेश्रो पटक मुख्यमन्त्री त्रिलोलन भट्ट र सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई भेट्दै मुटुको भल्व फेरेका विरामीले अकालमै ज्यान गुमाउन पर्ने बाध्यता हटाईदिन गुहार गरेका हुन् ।

बिरामीहरूले प्रदेश नम्वर ७ का सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था गर्न लामो समयदेखि सहयोगको याचना गरेपनि प्रदेश सरकारले भने समस्या निराकरण गर्न चाँसो नदिएको मुटुको भल्व फेरेका विरामी धर्मसिह धामीले बताए । उनीहरुले यसअघि सरकारी अस्पतालमा रक्त परिक्षणको व्यवस्था गरिदिन र मुटुरोग विशेषज्ञ चिकीत्सकको पदपुर्तीका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि मुख्यमन्त्रीलाई २ पटक ज्ञापन पत्र बुझाईसकेका छन् भने धेरै पटक भेटेर अनुरोध पनि गरेका छन् ।

मुख्यमन्त्री भट्टले बुधवार मुटुरोगीको समस्या ठुलो भएकाले भन्ने वित्तीकै समाधान नहुने प्रतिक्रीया दिएको विरामीहरुले बताएका छन् । सामाजिका विकास मन्त्री दिर्घ सोडारीले मुटुरोग विशेषज्ञ डाक्टर यो क्षेत्रमा आउन नमान्ने र डाक्टर नभए रक्त परिक्षणको मेसीन ल्याएर पनि काम नहुने प्रतिक्रीया दिए । 
प्रदेश नम्वर ७ का कुनै पनि सरकारी अस्पतालमा भल्व फेरेका विरामीले हप्ताको एक पटक गर्नै पर्ने रक्त परिक्षणको व्यवस्था छैन् भने एक जना पनि मुटुरोग विशेषज्ञ डाक्टर छैनन् । सरकारी अस्पतालमा मुटुको भल्व फेरेका विरामीलाई रक्त परिक्षणको व्यवस्था नहुँदा विरामीहरुले प्रत्येक हप्ता गर्नु पर्ने परिक्षणका लागि महिनाको १० गते अत्तरीयामा हुने सिवीरका लागि पर्खीनु पर्ने बाध्यता रहेको छ ।

भल्व फेरेका बिरामीको रगत बाक्लो वा पातलो, दुबै अवस्था खतरा हुने भएकाले रक्त परिक्षणलाई अनिवार्य मानिएको छ । नियमीत रक्त परिक्षण गर्न नपाएर धेरैले ज्यान गुमाईरहेका छन् कतिपय प्यारालाईसीसको सिकार बनिरहेका छन् ।
 

कमेन्ट लोड गर्नुस