फेसियलपछि नगर्नुस् यस्ता काम
-फेसियलपछि तत्काल घाममा बस्नु या हिँड्नु हुँदैन । फेसियलले अनुहारको छालालाई सफ्ट बनाउँछ । यस्तो अवस्थामा घाममा बस्दा स्किनको टेनिकको समस्या आउन सक्छ ।
– सकभर फेसियलपछि चिया, कफी पनि नपिउनुस् । यसरी पिउँदा अनुहारको रक्तसञ्चारमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन । दुई घन्टाको अवधिपछिचाहिँ पिउँदा हुन्छ ।
– फेसियलपछि स्क्रब गर्दा पनि छालामा समस्या उत्पन्न हुन थाल्छ । जति नै आवश्यकताको महसुस भए पनि फेसियलपछिचाहिँ यस्तो गर्नुहुँदैन । बरु यसका लागि माइल्ड फेसवास प्रयोग गर्न सक्नुहुन्छ।
-फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन । यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ । साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने समस्या हुन्छ ।
-फेसियलपछि तत्काल थ्रेडिङ वा अपर लिप गर्नबाट पनि बच्नुस् । अनुहारको छाला यति संवेदनशील हुन्छ कि यस्तो समय थ्रेडिङ गर्दा स्थायी रूपमै दागसमेत बस्न सक्छ ।
-महिला हुनुहुन्छ र गर्भवतीसमेत हुनुहुन्छ भने फेसियलपूर्व आफूबारे पार्लरमा बताउनुस् । ताकि, तपाईंको सुविधा र अवस्थाअनुसार ब्युटिसियनले ट्रिटमेन्ट गरून् ।