सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाले नालीको फोहोर सडकमा थुपारेपछि समस्या (भिडियो रिर्पोट सहित )

कमल सावद, धनगढी, साउन २० । आईतबार दिउसो पानी पर्दै गर्दा हामी धनगढीको मुख्य सडक मध्यको एक एलएन चौकमा पुगेका थियौ ।  व्यापारीहरुको एक समुह पसल अगाढी रहेको फोहोरका कारण व्यापारमा समेत कमि आएको बताउदै थिए । धनगढी उपमहानगरपालिका बैशाख जेष्ठको महिनामा सुतेको र बर्षातको समय सुरु भएसंगै पानी जम्मा हुने भएपछि यस्तो हर्कत गर्न सुरु गरेको उनिहरुले बताएका छन । व्यापारी मनोज गुप्ताले भने, उपमहानगरपालिका फोहोर लगेर जादै जादैन, हामीलाई समस्या छ, चिप्लियर खस्ने डर छ  । 

धनगढी क्षेत्रका नालीहरुमा उपमहानगरपालिकाले ढक्कन समेत फुटायर व्यापारीहरुलाई समस्या भैरहेका बेलो फोहोर समेत सडकमा थुपार्दा झनै समस्या भएको हो । बर्षातको समया फोहोर निकाल्न राम्रो बिषय नभएको नगरवासीको गुनासो छ । लामो समय सम्म नाली सफा नगर्ने धनगढी उपमहानगरपालिकाले बर्षातका समयमा नाली सफा गर्दा सडकमा थुपारीयको फोहोर पुन नालीमा नै पानीले बगायर लैजाने गरेको व्यापारी खेमराज पनेरुले बताए । पानी आउदै छ, फोहोर नाली भित्र जादै छ, पनेरुले भने । 

 

DSC03492.JPG

नालीको फोहोर दुई हप्ता हुदा समेत उपमहानगरपालिले नउठायको भन्दै व्यापारीहरुले आक्रोश व्यक्त गरेका छन । बर्षातको समयमा नालीको फोहोर सडकमा थुपारीयकाले दुर्घटनाको जोखीम समेत बढेको छ । नालाको ढक्कन समेत फुटायकाले एक जना बालीका समेत नालामा खसेकोले यसले वर्षतमा वढी समस्या निम्ताएको नगरवासी आयुष ढकालले बताए ।  

यता धनगढी उपमहानगरपालिकाले बर्ष भरी नै नाली सफाको काम गर्दै आएको दाबि गरेको छ । बर्षातमा नै फोहोर सडकमा थुपारेको उपमहानगरपालिकाले पानी आएकाले फोहोर उठाउन समस्या भएको बताएको छ ।  बर्षातको समया सडकमा नालीको फोहोर थुपारेको उपमहानगरपालिकालेफोहोर तुरुन्त उठाउन बताएको छ । उपमहानगरपालिकाका खरिदार हरिप्रसाद भट्टले फोहोर उठाउनकालागि काम भैरहेको बताए  ।  नालाको लेदा उठाउदा बजार भरी खस्ने भएकाले नउठायको उनले बताए । 

खाल्डा खुल्डी भएको साघुरो सडकका कारण सवारी दुर्घटनाको जोखीम बढेका बेला सडको दुवैतिर फोहोर थुपारीदा झनै समस्या भएको छ । त्येसैले धनगढीलाई सुन्दर राख्न उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई पहिलो प्राथामिक्ता दिन आवश्यक छ । 
प्रदेशको अस्थाई राजधानी धनगढीका प्रमुख सडकहरुमा उपमहानगरपालिकाले फोहोर थुपार्दा जनतालाई सास्ती भएको छ । बर्षातको समयमा धनगढीको प्रमुख सडक एलएन चौकमा नालीको फोहोर सडकम थुपारीएको छ । थुपारीयको फोहोर पुनः नालिमा जादा नाली पुरीन थालेको छ भने व्यापारीहरुलाई बढी सास्ती भएको उनिहरुले बताएका छन ।

कमेन्ट लोड गर्नुस