बढी पसिनाले धड्कन बढ्छ
बढी पसिनाले धड्कन बढ्छ मनसुनमा घट्दो तापमानका कारण मानिसलाई ब्याक्टेरियल र फंगल स्किन इन्फेक्सन मात्र हुँदैन, यसले त रेस्पिरेटरी ट्र्याकमा संक्रमण बनाउन सक्छ र श्वासनलीमा समस्या सुरु हुने गर्छ ।
आद्र्रता बढ्दा र शरीरबाट बढी पसिना निस्कँदा कार्डियोसम्बन्धी बिरामीका लागि निकै ठूलो समस्या हुन सक्छ । यस्तो अवस्थामा कार्डियोसम्बन्धी बिरामीलाई श्वासप्रश्वासमा बाधा, घबराहटलगायतका समस्या उत्पन्न हुने गर्छ ।
त्यस्तै, यसले धड्कनलाई पनि बढाउने गर्छ, जसको असर रक्तचापमा पर्न जान्छ । जसले गर्दा रक्तचापमा समेत उतारचढाव आउने गर्छ ।
एसीबाट बच्नुस्
एसीमा सुत्दा भारीपना हुनुका साथै शरीरमा इलेक्ट्रोलाइटको मात्रा पनि बिग्रेर जाने गर्छ । एसीका कारण शरीर छोटो समयमा सुक्न पाउँदैन र शरीर आवश्यक मात्रामा चिसिँदैन ।
यस्तो अवस्थामा हिट स्ट्रोकको सम्भावना बढेर जान्छ । झरीमा भिज्दा भाइरल र फंगल इन्फेक्सन हुन सक्छ । मोस्चरका कारण रेस्पिरेटरी ट्र्याकमा इन्फेक्सन हुन जान्छ र खोकी, श्वासप्रश्वासमा समस्या देखिने गर्छ ।
मनसुनमा तापमान कम हुँदा एसीको प्रयोग फाइदाजनक हुँदैन । किनकि, यसले घाँटी बिग्रने, रुघाखोकी लाग्नेलगायतका समस्या निम्तिन्छ ।
एसीका कारण शरीर छोटो समयमा सुक्न पाउँदैन र शरीर आवश्यक मात्रामा चिसिँदैन । यस्तो अवस्थामा हिट स्ट्रोकको सम्भावना बढेर जान्छ ।
मनसुनको समयमा लामखुट्टेले टोक्दा डेंगु, चिकनगुनियालगायतका समस्या देखिने गर्छ । तर, यो स्क्रब टाइफसको सुरुवाती लक्षण पनि हुन सक्छ ।
त्यसैले यस्ता समस्याको पहिचान गरी सुरुवाती अवस्थामै निर्मूल पार्न जरुरी हुन्छ ।
तब मात्र ज्यान बच्न सक्छ । किनकि, यस्तो मौसममा देखिने ज्वरो, रुघाखोकी कैयौँ रोगका लक्षण हुन सक्छ । यस्ता लक्षणले बिस्तारै श्वासनलीमा इन्फेक्सन गराउँछ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन थाल्छ ।
त्यस्तै, प्लेटलेट्स कम हुँदा मिर्गौला र कलेजो फेलसमेत हुन सक्छ । यस्ता समस्याले फोक्सोमा इन्फेक्सन गराउँदा डबल निमोनियाको पनि उत्तिकै सम्भावना हुन्छ ।
बच्नुस् चिसोबाट
यस्तो मौसममा आद्रताबाट पनि बच्न जरुरी हुन्छ । खुला ठाउँमा बस्नुपर्छ । नत्र पसिना बढी निस्कन्छ र शरीरको तापमान बिग्रन जान्छ ।
त्यसैले यस्तो मौसममा बढीभन्दा बढी तरल पदार्थ पिउन पनि आवश्यक हुन्छ । तर, आइसक्रिम, कोल्डड्रिंक्सबाट टाढा रहनुपर्छ ।
जथाभावी खाने बानी पनि हटाउनुपर्छ । नत्र ब्याक्टेरियल इन्फेक्सनको डर हुन्छ । बासी खाना भने भुलेर पनि प्रयोग गर्नुहुँदैन ।
अमिलो पानीको प्रयोग
यस्तो मौसममा चिल्लो र आद्रताको मात्रा बढी हुने गर्छ । जसका कारण शरीरको महत्वपूर्ण मिनरल्स पसिनाका माध्यमबाट बाहिरिने गर्छ ।
जसले भोकको कम महसुस गराउँछ र थकाइको महसुस हुन्छ । त्यस्तै, हेभी खानुको सट्टा तरल पदार्थको बढी प्रयोग गर्नुपर्छ । जसका लागि कागती र थोरै मात्रामा नुन राखेर पानी पिउन सक्नुहुन्छ । त्यस्तै, पेटको इन्फेक्सनबाट बच्न जुस, करी पानी, अमिलो पानी पिउनुपर्छ ।
एक लिटर पानीमा थोरै अमिलो मिश्रण गरेर पौने घन्टासम्म राख्ने र मसला, बिरेनुन, सिधेनुन, पुदिना, जिरा र गुड मिलाएर पिउन सकिन्छ ।
यस्तो पानीलाई दिनभर थोरैथेरै गरी पिउन सकिन्छ । यसले बडी डिटाक्स हुनुका साथै डाइजेस्टिभ सिस्टम पनि सन्तुलित बनाउने काम गर्छ ।
दाल
डाइटमा दालको सुप अनिवार्य गर्दा राम्रो हुन्छ । हरियो वा पहेँलो मुङको दाल, कालो खुर्सानी, जिरालगायतका सामग्री राखी त्यसको पातलो सुप बनाएर पिउन सकिन्छ ।
जसले शरीरमा मिनरल्सको कमी हुनबाट बचाउँछ । ब्रेकफास्ट या इभिनिङ स्न्याक्समा टुसाएको गेडागुडीलाई सलादका रूपमा प्रयोग गर्न सकिन्छ ।
यसले अनुहारमा पिम्पल्सको समस्याबाट पनि बचाउँछ । बर्खामा पिम्पल्सको बढी समस्या हुने भएकाले यसबाट बच्न चन्दन पाउडरलाई अनुहारमा लगाउन पनि सक्नुहुन्छ ।