सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा ‘भीआईपी’ उपचार कक्ष तयार

२०७५ साउन २३, ०६:३०

प्रदेश नम्वर ७ को रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा विशिष्ट व्यक्तिका लागि छुट्टै उपचार कक्ष स्थापना भएको छ । पहिलेको डायलासीस वार्डमा विशिष्ट उपचार कक्ष तयार भएको अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताए । एसी, लकर, शौचालय लगायतको सुविधा सहित विशिष्ट उपचार कक्ष स्थापना भएको उनले बताए । 
यसअघि मुख्यमन्त्री त्रिलोचन भट्ट बिरामी हुदा राम्रो शैया नभएको भन्दै निवासमै राखेर उपचार गरिएपछि त्यसको आलोचना भएको थियो । प्रदेशभरीका विशिष्ट व्यक्तिको उपचाकार लागि छुट्ट कक्ष सञ्चालन नभएकाले ‘भीआईपी’ उपचार कक्ष तयार पारिएको अस्पताले जनाएको छ । अव हाल डायलासीस सेवा सञ्चालन रहेको वार्ड छेउमा अन्य क्यावीनहरु प्नि बनाउने तयारी भईरहेको अस्पताल प्रशासनले जनाएको छ । 

कमेन्ट लोड गर्नुस