सुदूर नेपाललाई विश्वसँग जोड्दै

मार्सी चामलका विशेषता

२०७५ साउन २६, ०८:५६

 अहिले नेपालमा जुम्लाको मार्सी चामलको चर्चा निकै चुलिएको छ । हिमाली भेगमा फल्ने यस्तो धानको चामल स्वादिष्ट मात्र नभएर स्वादिलो पनि हुन्छ । यी हुन् मार्सीका विशेषता :
–  मार्सी चामलको रङ खैरो हुन्छ । सेतो चामलको तुलनामा पौष्टिक तत्वको मात्रा अत्यधिक हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
–  खैरो चामलमा म्याग्नेसियम र फाइबरको मात्रा बढी हुन्छ । यो मधुमेहका बिरामीका लागि समेत निकै फाइदाजनक हुन्छ ।
–  यो चिसो, प्रदूषणमुक्त ठाउँमा फल्ने अन्न भएकाले पोषिलो हुन्छ । जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
–  मार्सी धानलाई ओखल–सुलमा कुटेर चामल बनाउन सकेमा बोक्रामा रहेका तत्वहरू खेर जान पाउँदैन । यस्तो चामलबाट भिटामिन र खनिजको मात्रा बढी प्राप्त हुन्छ ।
–  मार्सीको धान जुम्लालगायतका उच्च भूभागमा झन्डै ८ महिना समय लागेर उत्पादन हुन्छ । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो ।
–  यो प्रांगारिक रूपमै उत्पादन हुन्छ । बिउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउँछन् ।
–  यो धानको चामलमा फाइबरको मात्रा बढी हुने भएकाले उच्च रक्तचापका बिरामीलाई समेत फाइदाजनक हुन्छ । यसमा आइरन, स्टार्चलगायतका पौष्टिक तत्व पनि हुन्छ ।

कमेन्ट लोड गर्नुस