सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिर्गौला खराब हुनुका कारण र लक्षण

२०७५ साउन २८, ०८:४२

 हाम्रो शरीरको संवेदनशील अंगमध्ये मानिने मिर्गौलाको हेरचाहका लागि हामीले खाने खाना स्वस्थ हुनुपर्छ । जीवनशैली राम्रो हुनुपर्छ ।
 खानपान र जीवनशैलीलाई जति व्यवस्थित बनाउन सकिन्छ, उति नै शरीरमा हुने अनेक रोगबाट मुक्ति पाउन सक्छौँ ।
 बिहान, साँझ खाने खाना सही तरिकाले खाइएन भने र दैनिक जीवनशैली ठीक मात्रामा चलाउन सकिएन भने विभिन्न प्रकारका रोगले समात्न सक्छ ।
मिर्गौला रोगका लक्षण
शरीर धेरै सुन्निने, खुट्टा सुन्निने हुन्छ ।
पिसाबमा फिँज आउने, पिसाब कम हुने ।
लगातार धेरैपटक पिसाब लाग्ने ।
कोखातिर सुन्निने ।
आँखा तिरमिर हुने, शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
सास फेर्न गाह्रो हुने तथा छाती दुख्ने ।
खराब हुने कारण
दुखाइ कम गर्ने औषधि जथाभावी प्रयोग गर्नु ।
आयुर्वेदिक औषधि जथाभावी खानु ।
ड्राइफुड, जंकफुड, तारेको खानेकुरा, डिप फ्राइड खानेकुरा खानु ।
पानी कम खानु ।
धेरै बेर पिसाब रोक्दा मिर्गौलामा इन्फेक्सन हुन सक्छ ।

कमेन्ट लोड गर्नुस