सेती अञ्चल अञ्चल अस्पतालको मेसुमा डाक्टर पाण्डेय
सेती अञ्चल अस्पतालमा ११ औँ तहका डाक्टर हेमराज पाण्डेयलाई मेडिकल सुपरिटेन्डेन्ट अर्थात मेसुको जिम्मेवारी दिईएको छ । सामाजिका विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयले डाक्टर पाण्डेयलाई मेसुको जिम्मेवारी दिएको हो । झण्डै एक बर्ष अगाडि डाक्टर अशोक श्रृपाईले मेसुबाट राजीनामा दिएपछि नवौ तहका डाक्टरले निमित्त मेसु भएर अस्पताल सञ्चालन गर्दै आएका थिए । विगत एक बर्षदेखि मेसुमा रहेका डाक्टर सजन केसीको भरतपुर अस्पतालमा सरुवा भएपछि पाण्डेलाई मेसुको जिम्मेवारी दिइएकाे हाे ।
बर्षाैदेखि सेती अञ्चल अस्पतालमा कार्यरत ११ औँ तहका चिकित्सकहरुले अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्न अस्विकार गर्ने परिपाटीले अस्पतालमा तल्लाे तहका डाक्टरले मेसु बन्नुपर्ने बाध्यता रहेको थियो । अहिले पनि डाक्टर पाण्डेयले मेसु बन्न अस्विकार गरेका थिए तर मन्त्रालयले भने अर्को निर्णय नभए सम्मका लागि मेसु भएर काम गर्न निर्देशन दिएको छ ।