डोटेली गजलमा बढ्दो युवा आकर्षण
आजका युवाहरु गजल लेखनमा समर्पित ढंगले लागिरहेका छन् । साहित्यका अरू विधामध्ये गजललाई खासै मिहिनेत गर्नु नपर्ने विधाका रूपमा स्वीकार गर्ने र गजललाई साहित्य नै नमान्ने पंक्ती समेत जन्मिएका बेला युवा श्रष्टाहरूका गजल संसारमा डुबुल्की मार्ने हो भने धेरै नै आशा र भरोसा उत्पत्ति हुन्छ । गजल लेखनमा युवा आकर्षण बढेका बेला तिनै युवाहरु प्रदेश नम्वर ७ मा बढि बोलिने भाषा डोटेलीमा पनि गजल कोर्न थालेका छन् ।
डोटेली भाषाको पहिलो गजल कृति निकाल्ने नाम हो, वीरवहादुर चन्द विश्राम । उनले कृति प्रकाशन गरेपछि धेरैले डोटेली भाषामा गजल लेखनीलाई आत्मसाथ गरेको देखिन्छ । हुन त पुराना श्रष्टा डम्मरदत्त वडु शर्माले पनि डोटीले भाषाको गजल कोर्दै आएका छन् । यस बाहेक हेमन्त आसु, प्रकाश पैतोला, गजेन्द्र अवस्थी, पुष्पा शर्मा, पार्वती भट्ट, रोहित भट्ट, पवन स्मृती अवस्थी, प्रकाश भट्ट, डिल्लीराज भट्ट, सचित्रा गुरास, बासुदेव दहाल, सन्ध्या जोशी, खेम बतास, गणेश नेपाली, जनक रषिक, कविराज भट्ट विलौना, तिर्थ भट्ट मलिन, लोकेन्द्र बोहरा, डिल्ली ओझा समर्पण, डम्मर खाती, गोदावरी पाण्डेय, धर्मराज जोशी, जिवि अनुरागी, दिपआरके निश्चल, अशोक ठगुन्ना, पवन महरा, भुपिसिह धामी, चक्र मिलन नेपाली, जग्दिश प्रशाद पाण्डेय, भुपि शरोवर, लक्ष्मण देउवा, गिरिराज जोशी, तेज पुरुष, मिन बाब्ली, ललिता ठगुन्ना लगायतका श्रष्टाले अहिले डोटेली भाषाको गजलमा कलम चलाउदै आकक छन् ।
बैतडी घर भई हाल महेन्द्रनगर बस्दै आएका साहित्यकार कविराज भट्ट बिलौनाले सुरुमा डोटेली भाषाको गजल कोर्दा धेरैले डोटेली भाषामा पनि गजल लेख्न सकिन्छ र ? भनेर प्रश्न गरेका थिए । तर उनले डोटेली भाषामा गजल लेख्दै विभिन्न साहित्यिक कार्यक्रममा सुनाउदै जाँदा भाषिक गजलको निकै चर्चा हुन थाल्यो । फलस्वरुप अहिले डोटेली भाषामा गजल लेख्ने युवाहरुको जमात ठुलो बनेको छ ।
धनढीका युवा श्रष्टा तिर्थराज भट्ट मलिनले पनि डोटेली भाषाको गजल लेखनमा सक्रियता देखाएका छन् । गजल विधा पुरानो मान्यता अनुसार माया प्रेममा सिमित नरहेर व्यक्तीका पिडा, व्यथा, समाजमा देखिएका विकृति, विसंगती, आशा, निराशा, विरोध, विद्रोह जस्ता सामयिक विषयमा पनि गजलबाट प्रहार हुन थालेपछि भाषिक गजल लेखनमा पनि श्रष्टाहरुले अग्रसरता देखाएका हुन् ।
सहनु पड्डे हालीमुहाली, कम्सा के छ रे ।
स्याप, बिच्छि रे संणे पाली, कम्सा के छ रे ।
हात खाली राख्यो भणे, कर्म खाली हुनो,
भण्णे सोची छार चाली, कम्सा के छ र ।
यां हिट्टो छ अनारको, अनारो लखेट्ट,
दिनैतिकै रांको बाली, कम्सा के छ रे ।
सुण्णु सबैकी अद्दु मनैकी, यै जाण्या छु,
दिने दिनाइ रया गाली कम्सा के छ रे ।
सम्ती जिन्नगीभरि, पापै पाप अरी ,
सय ठौर गई हड पखाली, कम्सा के छ रे ।
गजल विधामा राज्यको अदूरदर्शी नितिका कारण पछाडी धकेलिएको प्रदेश नम्वर ७ को छुट्टै पहिचान छ । यहाँका जिल्लामा जन्मथलो र कर्मथलो बनाई धेरै श्र्रष्टाले गजलको मलजल गरेका छन् । तर प्रदेश नम्वर ७ को सबैभन्दा बढी बोलिने डोटेली भाषामा गजल लेख्ने श्रष्टाहरु भने औलामा गन्न सकिन्छ । धेरै पाका र बरिष्ठ साहित्यकारहरुले डोटेली भाषामा कम मात्रै रचना कोरिरहेका बेला तन्नेरीहरुमा भने डोटेलीमा गजल लेख्ने जागर चलेको छ ।
राजनितिक, आर्थिक, सांस्कृतिक परिवर्तनसंगै नेपाली गजलका विषयवस्तु र अभिव्यक्तीमा समेत व्यापक परिवर्तन आएको छ । नेपाली गजल जस्तै डोटेली भाषामा कोरिएका गजलले भाषिक समस्याका कारण देशव्यापी चर्चा पाउने सम्भावना कमै देखिए पनि सिङगो सुदुरपश्चिमवासीको पहिचानसंग जोडिएको डोटेली भाषामा गजल लेखनीले यहाँको संस्कृितको रक्षाका लागि केहि हदसम्म सहयोग पुगाउने अपेक्षा महेन्द्रनगरकी गजलकार प्रतिभा भट्टको छ ।
सुदूरपश्चिम गजलका लागि उर्वर भूमि पनि मानिन्छ । युवा पुस्तामा गजल विधामा सिर्जनात्मक उत्साह र तत्परता देखिन्छ पनि । तर यसै क्षेत्रबाट चर्चित बनेका धेरै वरिष्ठ साहित्यकारहरुले पनि अहिलेसम्म यहाँको प्रमुख भाषा डोटेलीमा गजल लेख्ने आँट गर्न सकेका छैनन् । तर डोटेली भाषाको संरक्षण र सम्वद्र्धनका लागि भएपनि डोटेली भाषामा गजल लेख्न आवश्यक रहेको महेन्द्रनगरकी गजलकार ललीता ठगुन्नाको बुझाई छ ।
बैतडेली भाषामा गजल
नै धनपैसा नै सम्पत्ति तमसित झाईबरे क्यार्लो भन्छे
नैत मेरा गेदामेदा एक्लिई खाईबरे क्यार्लो भन्छे
घोगा रोटो भैसाई छाच चोताको साग खान्छे कठै
जग्गा जमिन बाझो रैग्यो कोदो लाईबरे क्यार्लो भन्छे
परदेशी हौ परदेशै छौ कतिब हन्नी तम्रा पाछा,
कृष्ण जि कि गोपिनी जती सौता भ्याबरे क्यार्लो भन्छे
भाइ तमरा कतिर्ब यान बैनि कतिई नार्ईयान धेक्या
ज्यू बुबुज्यूले चोणाईन र्गया माईत आईबरे क्यार्लो भन्छे
काजबारकी कभैन औना उसेर्त कि औन्थ्या भागी
मेरा मुन्डाईन सप्पै थोक एक्लीइ थाईबरे क्यार्लो भन्छे
नै कुर्ता थि नै सुरुवाल थि भेस्ट पाईन्ट काहै लौनौ
तमरी बौजुकी पेटकोट ब्लोज अच्याल पाईबरे क्यार्लो भन्छे
गजेन्द्रप्रसाद अवस्थी (गौरव)
पाटन नगरपालिका वडा नं ३ गौडाली, बैतडी